पृथ्वी जयन्तीमा बिदा दिने सरकारको निर्णय दूरगामी र ऐतिहासिक : प्रधानमन्त्री दाहाल

पुस २७, २०७९ |भीमलाल श्रेष्ठ
पृथ्वी जयन्तीमा बिदा दिने सरकारको निर्णय दूरगामी र ऐतिहासिक : प्रधानमन्त्री दाहाल

गोरखा । प्रधानमन्त्री पुष्पकमल दाहालले पृथ्वी जयन्तीमा बिदा दिने सरकारको निर्णय दूरगामी र ऐतिहासिक महत्त्वको रहेको बताएका छन् ।

गोरखा उद्योग वाणिज्य संघले सदरमुकाममा आयोजना गरेको ११औं गोरखा महोत्सवको बुधबार उद्घाटन गर्दै प्रधामन्त्री दाहालले पृथ्वी जयन्तीमा बिदा दिने निर्णयलाई जनताप्रतिको सम्मानको संज्ञा दिए । उनले आफूलाई प्रमुख दलहरुको साझा प्रधानमन्त्रीका रुपमा काम गर्ने एउटा चुनौतीपूर्ण अवसर प्राप्त भएको पनि बताए ।

महोत्सवको उद्घाटन कार्यक्रमलाई उपप्रधानमन्त्री एवं भौत्तिक पूर्वाधार तथा यातायतमन्त्री नारायणकाजी श्रेष्ठले पनि सम्बोधन गरेका थिए । पृथ्वी जयन्तीका अवसरमा आयोजित ११ दिन चल्ने उक्त महोत्सव सुरु हुनुअघि विभिन्न झाँकीसहितको र्‍यालीले गोरखा बजार परिक्रमा गरेको थियो ।

तस्बिर : प्रधानमन्त्रीको सचिवालय


Image

भीमलाल श्रेष्ठ

श्रेष्ठ कान्तिपुर टेलिभिजनका गोरखा संवाददाता हुन् ।


Enter Kantipur TV HD
Advertisement