काठमाडौं । सत्ता साझेदार दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहालको विरोध गर्नुपर्ने कुनै कारण नरहेको बताए ।
प्रतिनिधिसभाको बैठकमा मंगलबार अध्यक्ष ओलीले प्रधानमन्त्री दाहालले उचित प्रतिबद्धता गरेकाले असहमती जनाउने स्थान नभएको दाबी गरे । साथै उनले प्रधानमन्त्रीलाई समर्थन गरेर विपक्षीमा बस्ने नेपाली कांग्रेसको निर्णय स्वागतयोग्य रहेको जिकिर गरे ।
कांग्रेसले च्याँखे थाप्ने काम गर्दैन : प्रदीप पौडेल
‘प्रधानमन्त्रीलाई समर्थन गरेर प्रतिपक्षमा बस्ने कांग्रेसको निर्णय स्वागतयोग्य छ । तर कांग्रेसले जालसाजी नगरी समर्थन नगरेको भएमात्र निर्णय स्वागतयोग्य छ । खराब सोचेको भए माछा नभएको खोलामा जाल हाने जस्तो हुन्छ,’ अध्यक्ष ओलीले भने, ‘प्रधानमन्त्रीमा पुष्पकमल दाहाललाई विरोध गर्नुपर्ने कुनै कारण छैन । दुई वर्षपछि प्रधानमन्त्रीमा भोट हाल्छु भनेकै थियो दुईवर्ष अघि भोट नदिँदाको परिणाम हो नि यो होइन र ? दुई वर्षपछि हाल्नेले अहिले किन नहाल्ने ?’
कांग्रेस जस्तो ठूलो विपक्षी दलले समर्थन गरिसकेको अवस्थामा अन्य दल र स्वतन्त्र सांसदले पनि प्रधानमन्त्रीलाई समर्थन गर्नुपर्ने उनको तर्क छ ।