काठमाडौं । नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले सरकारमा कांग्रेसले च्याँखे थाप्ने नभइ प्रतिपक्षमा बस्ने बताएका छन् ।
प्रतिनिधिसभाको बैठकपछि मंगलबार सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले प्रतिपक्षमा रहेको दलले प्रधानमन्त्रीलाई विश्वासको मत नदिने भए पनि पार्टीको निर्णयपछि आफूहरुले विश्वासको मत दिएको बताए । उनले कांग्रेस अझै पनि निरन्तर प्रतिपक्षमा रहने बताए ।
कांग्रेसले गलत सोचेर समर्थन गरे माछा नभएको खोलामा जाल हाने जस्तो हुन्छ : केपी ओली
‘नेपाली कांग्रेस प्रतिपक्षमै छ । नेपाली कांग्रेसले पनि प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिएको छ । मैले व्यक्तिगत रुपमा प्रतिपक्षमा बसेको दलले विश्वासको मत नदिने भनेको थिएँ । दिन मिल्दैन पनि किनभने प्रतिपक्षले सरकारको आलोचना अथवा गुण र दोषको आधारमा विरोध र समर्थन गर्ने हो भनेर असहमति राखेको थिएँ,’ उनले भने, ‘तर पार्टीले निर्णय गरेपछि हामीले निर्णय मान्यौं । नेपाली कांग्रेस पार्टी निरन्तर रुपमा प्रतिपक्षमै रहन्छ । सत्तामा कांग्रेस गर्ने सम्भावना छैन ।’
सांसद पौडेलले कांग्रेस प्रतिपक्षमै बसेर प्रभावकारी प्रतिपक्षको भूमिका निर्वाह गर्ने बताए ।
सम्बन्धित समाचार...