देश मध्यावधि निर्वाचनतिर जानसक्छ : केपी ओली

पुस ९, २०७९ |कान्तिपुर टीभी संवाददाता
देश मध्यावधि निर्वाचनतिर जानसक्छ : केपी ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देश मध्यावधि निर्वाचनतिर जानसक्ने बताएका छन् ।

ललितपुरको च्यासलस्थित पार्टी कार्यालयमा आज आयोजित कार्यक्रममा अध्यक्ष ओलीले यस्तो बताएका हुन् । उनले राजनीतिक दलहरुले समयमा निर्णय लिन नसके देश मध्यावधि निर्वाचनतिर जाने दाबी गरे । ‘राजनीतिक दलहरु नमिले मुलुक फेरि घुमिफिरी मध्यावधितिर जाँदै छ,’ ओलीले भने ।

यस्तै उनले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री बन्ने सम्भावना अब सकिएको पनि टिप्पणी गरेका छन् । उनले प्रधानमन्त्री बन्नका लागि दाहालले निर्णय गर्न ढिलाइ गरेको भन्दै अब सम्भावना न्यून रहेको दाबी गरे ।

यता एमालेकै उपमहासचिव प्रदीप ज्ञवालीले भने माओवादी केन्द्र र एकीकृत समाजवादीलाई गठबन्धन छाडेर वार्तामा आउन आग्रह गरेका छन् ।

उनले नयाँ समीकरण निर्माणका लागि आफ्ना पूर्वसहयात्री माओवादी केन्द्र र समाजवादीलाई वार्तामा आउन आह्वान गरेका हुन् । नयाँ जनादेशले आपसी मतभेद सकिएको उनको भनाइ छ ।

एमालेले सरकार गठनको विषयमा आन्तरिक गृहकार्य गरिरहेको छ । प्रतिनिधिसभामा एमालेका ७८ सांसद छन् ।

सम्बन्धित समाचार...

सरकारै बन्न पाएको छैन, मध्यावधिको चर्चा

ओलीले भने- दाहालको फेरि प्रधानमन्त्री हुने इच्छा समाप्त भएजस्तो छ


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement