ओलीले भने- दाहालको फेरि प्रधानमन्त्री हुने इच्छा समाप्त भएजस्तो छ

पुस ९, २०७९ |कान्तिपुर टीभी संवाददाता
ओलीले भने- दाहालको फेरि प्रधानमन्त्री हुने इच्छा समाप्त भएजस्तो छ

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको फेरी एक पटक प्रधानमन्त्री हुने इच्छा समाप्त भएजस्तो आफूले देखेको बताएका छन् । 

पार्टीको केन्द्रीय कार्यालयमा एमाले प्युठान–काठमाडौं सम्पर्क मञ्चले शनिबार आयोजना गरेको कार्यक्रममा बोल्दै उनले दाहालको फेरी प्रधानमन्त्री हुने चाहना पूरा नहुने दाबी गरे । उनले फेरी एक पटक प्रधानमन्त्री बन्नका लागि अधिकतम प्रयास गरिरहेका बेला ओलीको यस्तो प्रतिक्रिया दिएका हुन् । 

अध्यक्ष ओलीले दाहालको प्रधानमन्त्री हुने सम्भावनालाई समयले नै समाप्त पारि दिएको बताए । ओलीले भने, 'यदि तपाईँले आँप पाकेकै बेला टिप्नु भएन भने खान पनि पाउनु हुन्न, बेच्न पनि पाउनु हुन्न ।' ओलीले दाहाललाई आफैँ झरेर आँपको संज्ञा दिँदै भने, 'अब उहाँको सम्भावना पनि सामान्यतः समाप्त भएजस्तो देखिन्छ ।  किनभने उहाँले समयमा कदम चाल्नु भएन ।' अध्यक्ष ओलीले अरूले पनि समयमा कदम नचाले देश पुनः मध्यावधि निर्वाचनतर्फ धकेलिने सम्भावना औँल्याए ।

सम्बन्धित समाचार...

देश मध्यावधि निर्वाचनतिर जानसक्छ : केपी ओली

सरकारै बन्न पाएको छैन, मध्यावधिको चर्चा


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement