रेशम चौधरी छुटाउने गरी अध्यादेश ल्याउँदै सरकार

मंसिर २५, २०७९ |कान्तिपुर टीभी संवाददाता
रेशम चौधरी छुटाउने गरी अध्यादेश ल्याउँदै सरकार

काठमाडौं । कैलालीको टीकापुर हत्याकाण्डमा दोषी ठहर भई जेल सजाय भोगिरहेका नागरिक उन्मुक्ति पार्टीका सल्लाहकार रेशम चौधरीलाई छुटाउने गरी सरकारले अध्यादेश ल्याउने निर्णय गरेको छ ।

आइतबार बसेको मन्त्रिपरिषद् बैठकले राजनीतिक समूहमा आबद्ध रही विभिन्न कसुरमा संलग्न भई जेल सजाय भोगिरहेका कैदीबन्दीको मुद्दा फिर्ताका लागि अध्यादेश ल्याउने निर्णय गरेको हो । यसका लागि सरकारले मुलुकी फौजदारी संहिता संशोधनको तयारी पनि गरेको छ ।

यो अध्यादेशमार्फत रेशम चौधरी तथा सोही घटनामा मुछिएका व्यक्तिहरूले कानुनी उन्मुक्ति पाउनेछन् । अध्यादेश राष्ट्रपतिबाट जारी भएपछि कार्यान्वयनमा आउनेछ ।

नयाँ सरकार गठनमा सहयोग गर्न अहिले नागरिक उन्मुक्ति र जनमत पार्टीले सत्तागठबन्धनसँग मुद्दा फिर्ता र बन्दी रिहाको सर्त राखेका छन् । उनीहरुकै सर्त सम्बोधनका लागि सरकारले अध्यादेश ल्याउने तयारी गरेको हो ।

यस्तै आइतबारको मन्त्रिपरिषद् बैठकले सहरी विकास मन्त्रालयको सचिवमा सुरेश आचार्यलाई नियुक्त गरेको छ । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement