झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनपछि मुलुकमा थप अस्थिरता पैदा हुने बताएका छन् ।
अध्यक्ष ओली झापा ५ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएपछि बिहीबार प्रमाणपत्र लिन निर्वाचन अधिकृतको कार्यालय दमक पुगेका थिए ।
उनले निर्वाचनपछि मुलुकमा सरकार बनाउनै गाह्रो हुने बताए । बनेको सरकार पनि अस्थिर हुने उनको भनाइ छ ।
‘निर्वाचनपछि मुलुकमा स्थिर सरकार बन्छ । मुलुकले एउटा दिशा पाउँछ भन्ने आशा थियो । तर, त्यसो भएन,’ अध्यक्ष ओलीले भने, ‘अहिलेसम्मको परिणामले कुनै पनि दलको बहुमत नपुग्ने भयो । यसले निर्वाचनपछि सरकार बनाउनै भिनाझम्टी हुने अवस्था छ । फेरि दलहरुको मोलमोलाई र सांसदहरुको किनबेच चल्ने भयो ।’
अब बन्ने सरकारले मुलुक र जनताको लागि काम गर्न नसक्ने उनको दाबी छ । उनी भन्छन्, ‘आफ्नो सरकार जोगाउन सांसदको मोलतोल र खरिद बिक्रीमै लाग्दा ठीक हुन्छ ।’ अब मुलुका विकासको कामभन्दा पनि सरकार जोगाउने र सांसदको मोलमोलाई बढी उनको भनाइ छ ।