दिगो वन व्यवस्थापनमा अनावश्यक हस्तक्षेप बढेको भन्दै प्रशासनको ध्यानाकर्षण

चैत्र २५, २०८२ |कान्तिपुर टीभी संवाददाता
दिगो वन व्यवस्थापनमा अनावश्यक हस्तक्षेप बढेको भन्दै प्रशासनको ध्यानाकर्षण

सल्यान । जिल्लाको कालिमाटी क्षेत्रका सामुदायिक वन उपभोक्ता समूहहरूले दिगो वन व्यवस्थापनमा अनावश्यक हस्तक्षेप बढेको भन्दै प्रमुख जिल्ला अधिकारीमार्फत प्रशासनको ध्यानाकर्षण गराएका छन् ।

दिगो वन व्यवस्थापन कार्यक्रम लागू भएका १९ वटा सामुदायिक वन समूहका अध्यक्ष तथा सामुदायिक वन उपभोक्ता महासंघ नेपाल र स्थानीय वन महासंघ कालिमाटीले संयुक्त रूपमा ज्ञापन पत्रमा बुझाएर ध्यानाकर्षण गराएका हुन् । 

प्रमुख जिल्ला अधिकारी महेन्द्र कुमार सापकोटासमक्ष ज्ञापनपत्र बुझाउँदै वन ऐन २०४९ र नियमावली २०५१ अनुसार सञ्चालन भइरहेका सामुदायिक वनमा पछिल्लो समय केही व्यक्ति र प्रहरी निकायबाट अवरोध सिर्जना गरिएको उल्लेख गरिएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.