अर्घाखाँचीको शितंगगामा डढेलो नियन्त्रणका सामग्री हस्तान्तरण

चैत्र २५, २०८२ |रुद्रमणि भुसाल
अर्घाखाँचीको शितंगगामा डढेलो नियन्त्रणका सामग्री हस्तान्तरण

अर्घाखाँची । अर्घाखाँचीको शितगंगा नगरपालिकामा वन डढेलो नियन्त्रण तथा व्यवस्थापनलाई प्रभावकारी बनाउन आवश्यक सामग्री हस्तान्तरण गरिएको छ । 

कार्यक्रममा रेडाको आर्थिक सहयोग, लुथन ओल्ड लाईफको प्राविधिक सहयोग तथा रूपान्तरण सस्थाद्वारा सञ्चालित पुनरूत्थान परियोजनाअन्तर्गत उक्त सामग्री शितगंगा नगरपालिका प्रमुख छबिलाल पौडेलले हस्तान्तरण गनुभएको संस्थाका सुपरभाइजर सीता बेल्वासेले जानकारी दिनुभयो ।

वन क्षेत्रमा हुने डढेलोले वातावरण, जैविक विविधता तथा स्थानीय जनजीवनमा ठूलो असर पार्दै आएको सन्दर्भमा यस्ता सामग्रीले आगलागी नियन्त्रण तथा व्यवस्थापनमा महत्वपूर्ण सहयोग पुग्ने अपेक्षा गरिएको शितगंगा सब डिभिजन प्रमुख चन्द्र भाटले जानकारी दिनुभयो । 

कार्यक्रममा नगरप्रमुख छबिलाल पौडेलले वन डढेलो नियन्त्रण स्थानीय तहको प्रमुख चुनौती भएको उल्लेख गर्दै प्राप्त सामग्रीले आगलागी नियन्त्रणमा प्रत्यक्ष सहयोग पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो । उहाँले वन संरक्षण र विपद् व्यवस्थापनमा स्थानीय सरकार प्रतिबद्ध रहेको बताउनु भयो ।

वडा अध्यक्ष नवराज भुसालले स्थानीय स्तरमै पूर्वतयारी सुदृढ गर्नुपर्ने आवश्यकता औंल्याउँदै प्राप्त सामग्रीले वडा तहमा डढेलो नियन्त्रण कार्यलाई प्रभावकारी बनाउने विश्वास व्यक्त गर्नुभयो ।


Image

रुद्रमणि भुसाल

भुसाल कान्तिपुर टेलिभिजनका अर्घाखाँची संवाददाता हुन् ।