कोशी प्रदेशमा सार्वजनिक यातायातलाई सेवाग्राहीमैत्री बनाउन पहल गरिने

चैत्र २५, २०८२ |कान्तिपुर टीभी संवाददाता
कोशी प्रदेशमा सार्वजनिक यातायातलाई सेवाग्राहीमैत्री बनाउन पहल गरिने

इटहरी । कोशी प्रदेशमा सार्वजनिक यातायातलाई सुरक्षित, प्रविधि र सेवाग्राहीमैत्री बनाउन पहल गरिने भएको छ।

नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, इटहरीको आयोजनामा बुधबार सम्पन्न सरोकारवालाहरूको छलफलमा यस्तो पहल गर्ने प्रतिबद्धता जनाइएको हो। छलफल सार्वजनिक यातायातमा हुने लैंगिक हिंसा नियन्त्रणका लागि प्रविधिको प्रयोगमा केन्द्रित थियो। 

विशेषगरी सवारी साधनमा सीसीटिभी जडान गर्ने, राइड-सेयरिङ एपमार्फत एसओएस बटनको व्यवस्था गरी आकस्मिक तथा जोखिमपूर्ण अवस्थाको सूचना तत्काल प्रहरीसम्म पुर्‍याउने विषयमा छलफल गरिएको थियो। महिला, बालबालिका तथा ज्येष्ठ नागरिकको सुरक्षालाई प्राथमिकतामा राख्दै यस्ता प्रविधिको प्रभावकारी कार्यान्वयन आवश्यक रहेको सहभागीहरूले बताएका छन्।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.