पूर्वमिस नेपाल उषा खड्गीका पूर्वपति जीपी तिमल्सिना पक्राउ

चैत्र २४, २०८२ |कान्तिपुर टीभी संवाददाता
पूर्वमिस नेपाल उषा खड्गीका पूर्वपति जीपी तिमल्सिना पक्राउ

काठमाडौं । पूर्वमिस नेपाल उषा खड्गीका पूर्वपति जीपी तिमल्सिना मंगलबार पक्राउ परेका छन्।

धम्की दिने र कुटपिटको प्रयास भएको भन्दै नायिका खड्गीले भक्तपुर प्रहरी परिसरमा सोमबार तिमल्सिनाविरूद्ध उजुरी दिनुभएको थियो। स‍ोही उजुरीका आधारमा सञ्चारकर्मी तिमल्सिनालाई पक्राउ गरिएको परिसरका प्रमुख तथा एसपी सूर्यबहादुर खड्काले पुष्टि गर्नुभयो।

उषाले आफूलाई सुरक्षा चाहिएको बताउँदै नयाँ सरकारले आफूलाई न्याय दिनुपर्ने अभिव्यक्ति एकसाता अघि सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक गर्नुभएको थियो। उहाँ र तिमल्सिनाबीच २०७९ जेठ २६ गते सम्बन्धविच्छेद भएको थियो । तिमल्सिनाले सोही वर्षको मंसिरमै दोस्रो विवाह गर्नुभएको थियो।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.