काठमाडौं र रूपन्देहीमा प्रहरीले गोली चलाएर नियन्त्रणमा लियो लागूऔषध कारोबारी

चैत्र २४, २०८२ |कान्तिपुर टीभी संवाददाता
काठमाडौं र रूपन्देहीमा प्रहरीले गोली चलाएर नियन्त्रणमा लियो लागूऔषध कारोबारी

रूपन्देही । रूपन्देहीमा प्रहरीको गोली लागेर एक जना घाइते भएका छन् । 

रोहिणी गाउँपालिका ४ कोटहवामा लागूऔषध ओसारपसारको सूचनाको आधारमा तीन जना सवार भारतीय नम्बरको मोटरसाइकल रोकेर जाँच गर्ने क्रममा भाग्ने प्रयास गरेपछि प्रहरीले गोली चलाएको हो ।

सोही गोली लागेर रूपन्देहीको रोहिणी गाउँपालिका २ का विशाल यादव घाइते भएका हुन्। बायाँ खुट्टामा गोली लागेका यादवको भीम अस्पताल भैरहवामा उपचार भइरहेको छ। जिल्ला प्रहरी कार्यालय रूपन्देहीका सूचना अधिकारी डीएसपी कृष्णकुमार चन्दका यादवसँगै भारतको महाराजगञ्जका १८ वर्षीय अरूण कुमार र सोही स्थानका २० वर्षीय विनय पाण्डेयलाई गोली हानेर पक्राउ गरिएको हो। 

उनीहरूको साथबाट लागूऔषध फेनारगन ११ सय एम्पुल, डाइजेपाम ११ सय एम्पुल र ब्रुफन ११ सय एम्पुल बरामद भएको छ। यस्तै प्रहरीले काठमाडौंको गौशालास्थित पिंगलास्थान क्षेत्रबाट दुई जना लागूऔषध कारोबारीलाई पक्राउ गरेको छ। उनीहरूको साथबाट एक किलोभन्दा बढी खैरो हेरोइन बरामद भएको गरिएको छ। 

पक्राउ परेकाहरू भारतीय नागरिक रहेको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । उनीहरूलाई पक्राउ गर्नुअघि पनि प्रहरीले गोली चलाउएको थियो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.