
दोलखा । जिल्लाको ऐतिहासिक सहर दोलखा बजारमा वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको रथ तान्ने जात्रा सुरू भएको छ ।
आठ दिनसम्म चल्ने जात्रा दोलखामा पूर्णिमाको दिन मच्छिन्द्रनाथको मूर्तिलाई दूधले नुहाएको पर्सिपल्टबाट सुरू भएको हो । पिङगल टोलबाट सुरू भएको जात्रा आठ दिनसम्म दोलखा बजारको नक्छे, टसिचा, दुङगल हुँदै पिङगलमै पुगेर सम्पन्न हुने गर्दछ ।
मुख्यगरी छैटौँ दिन मच्छिन्द्रनाथको रथ तान्न ललितपुरबाट समेत ठूलो संख्यामा श्रद्धालुहरू दोलखा पुग्ने गरेका छन् ।