एसईईको प्रश्नपत्र आउट गरी चिट चोराएको आरोपमा तीन जना पक्राउ

चैत्र २०, २०८२ |राजेश्वर पाण्डे
एसईईको प्रश्नपत्र आउट गरी चिट चोराएको आरोपमा तीन जना पक्राउ

रौतहट । देशभर सञ्चालनमा रहेको एसईईको प्रश्नपत्र आउट गरी चिट चोराएको आरोपमा रौतहटबाट तीन जना पक्राउ परेका छन् ।

जिल्लाको मध्यमा रहेको मावि गरूडा परीक्षा केन्द्रबाट गरूडा नगरपालिका-७ का १८ वर्षीय चन्दन पटेल, वृन्दावन नगरपालिका-७ का २० वर्षीय रोहितकुमार पटेल र सर्लाहीको बलरा नगरपालिका-८ का १८ वर्षीय धीरज साह पक्राउ परेका छन् ।


Image

राजेश्वर पाण्डे

पाण्डे कान्तिपुर टेलिभिजन रौतहट संवाददाता हुन् ।