जाजरकोटमा वन डढेलो नियन्त्रणका लागि १३ प्रकारका अग्नि नियन्त्रण सामग्री हस्तान्तरण

चैत्र २०, २०८२ |कान्तिपुर टीभी संवाददाता
जाजरकोटमा वन डढेलो नियन्त्रणका लागि १३ प्रकारका अग्नि नियन्त्रण सामग्री हस्तान्तरण

जाजरकोट । वन डढेलो नियन्त्रण तथा व्यवस्थापनलाई सुदृढ बनाउने उद्देश्यले जाजरकोटको छेडागाड नगरपालिका र इलाका प्रहरी कार्यालय दशेरालाई १३ प्रकारका अग्नि नियन्त्रणसम्बन्धी औजार तथा सामग्री हस्तान्तरण गरिएको छ।

सेभ द चिल्ड्रेनको आर्थिक सहयोग तथा पाँचतारा युवा संरक्षक मञ्च जाजरकोटसँगको साझेदारीमा सञ्चालन भइरहेको “माइ फरेष्ट चाइल्ड” परियोजनामार्फत उक्त सामग्री उपलब्ध गराइएको हो। परियोजनाका कार्यक्रम संयोजक गणेश पाण्डेका अनुसार वन डढेलो नियन्त्रणमा स्थानीय स्तरमै क्षमता अभिवृद्धि गर्ने उद्देश्यले सामग्री हस्तान्तरण गरिएको हो।

छेडागाड नगरपालिकाको आयोजनामा सम्पन्न कार्यक्रममा ती सामग्री सोहि पालिका र सुरक्षा निकायलाई हस्तान्तरण गरिएको थियो। कार्यक्रममा बोल्दै नगर उपप्रमुख चन्द्र थापाले डढेलो नियन्त्रणका लागि आवश्यक उपकरणको अभावलाई ध्यानमा राख्दै उपलब्ध गराइएका सामग्रीले आपतकालीन अवस्थामा प्रभावकारी रूपमा काम गर्न महत्वपूर्ण सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.