जानकी नवमीको अवसरमा राष्ट्रिय बिदा दिन सरकारसँग माग

चैत्र २०, २०८२ |कान्तिपुर टीभी संवाददाता
जानकी नवमीको अवसरमा राष्ट्रिय बिदा दिन सरकारसँग माग

काठमाडौं । रामानन्दीय वैष्णव संघले जानकी नवमीको अवसरमा राष्ट्रिय बिदा दिन सरकारसँग माग गरेको छ ।

संघका अध्यक्ष रामरोशन दासले जानकी नवमी धार्मिक आस्था मात्र नभइ नेपालको पहिचान, संस्कृति र पर्यटनसँग प्रत्यक्ष जोडिएको विषय रहेकाले महत्व बुझेर राष्ट्रिय बिदा दिन माग गर्नुभएको हो । अध्यक्ष दासले माता जानकीको जन्मभूमि जनकपुरधाम विश्वभरका हिन्दु श्रद्धालुहरूको आस्थाको केन्द्र रहेको उल्लेख गर्दै यस्तो ऐतिहासिक तथा धार्मिक धरोहरलाई राष्ट्रिय स्तरमा उचित सम्मान दिनुपर्ने बताउनु भयो । 

अध्यक्ष दासले सरकारले दशैँ, तिहार, बुद्ध जयन्ती जस्ता पर्वहरूमा बिदा दिँदै आएको सन्दर्भ उल्लेख गर्नुहुँदै जानकी नवमी जस्तो ऐतिहासिक पर्वलाई उपेक्षा गर्नु न्यायोचित नहुने धारणा राख्नुभयो । संघले यस विषयमा प्रधानमन्त्री तथा सम्बन्धित मन्त्रालयहरूलाई ध्यानाकर्षण गराउँदै छिटो निर्णय लिन आग्रह गरेको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.