धनकुटा : तीनवटा बहुवर्षीय सडकको नियमित मर्मतका लागि हेरालु परिचालन

चैत्र १८, २०८२ |विनोद घिमिरे
धनकुटा : तीनवटा बहुवर्षीय सडकको नियमित मर्मतका लागि हेरालु परिचालन

धनकुटा । पूर्वाधार विकास कार्यालय धनकुटाले तीनवटा बहुवर्षीय सडकको नियमित मर्मत सम्भारका लागि हेरालु परिचालन गरेको छ ।

कार्यालयका निमित्त प्रमुख उत्तमनारायण खरेलका अनुसार बिहिबारे हटिया-ताङखुवा-तेलिया-परेवा हुँदै तेह्रथुम जोड्ने करिब साढे २३ किलोमिटर सडकमा दुई जना, गुठीटार–बागखोर–छिडी सडकको १० किलोमिटर खण्डमा दुई जना र हिले–उत्तरपानी–छिन्ताङ सडकको १० किलोमिटर खण्डका लागि दुई गरी ६ जना हेरालु राखिएको हो । 

प्रदेश सरकारलाई हस्तान्तरण भइसकेका तीनवटै सडकमा लामो समयदेखि नियमित मर्मत अभाव हुँदा नाली पुरिने, पर्खाल भत्किने, झाडीले सडक ढाकिने जस्ता समस्या थियो।


Image

विनोद घिमिरे

घिमिरे कान्तिपुर टेलिभिजनका धनकुटा संवाददाता हुन् ।