
सुनसरी । सुनसरीको दुहबी नगरपालिकाले फोहोरको दीर्घकालीन व्यवस्थापन समाधान गर्ने उद्देश्यसहित आधुनिक फोहोर प्रशोधन केन्द्र-निर्माण सुरू गरेको छ।
परियोजना भारतीय दूतावास र दुहबी नगरपालिकाको सहकार्यमा बन्न लागेको हो। दुहबी-४ मा करिब १८ करोड ३५ लाख ६८ हजार रूपैयाँ लागतमा निर्माण सुरू गरिएको परियोजना आगामी दुई वर्षभित्र सम्पन्न गर्ने लक्ष्य लिइएको छ।