
गोरखा । वन डढेलो नियन्त्रणका लागि डिभिजन वन कार्यालय गोरखाले सुरक्षा निकायलाई आवश्यक सामग्री प्रदान गरेको छ।
गोरखाका प्रमुख जिल्ला अधिकारी तुलसीबहादुर श्रेष्ठले एक कार्यक्रमका बीच जिल्ला प्रहरी कार्यालय, सशस्त्र प्रहरी गुल्म र नेपाली सेनाका रुद्धध्वज गणलाई आगो नियन्त्रण उपकरण, आगोबाट सुरक्षाका पोशाक, हेल्मेट, चस्मा, पन्जा, जेट सुटर, फायरर्याकलगायतका सामग्री हस्तान्तरण गर्नुभयो।
सुक्का याम सुरू भएसँगै वन डढेलोबाट हुने क्षति नियन्त्रणका लागि सामग्री प्रदान गरिएको हो।