
दाङ । सवारी दुर्घटना बढाएको र सडक बिगारेको भन्दै दाङको घोराही-१४ का स्थानीयले सिमेन्ट उद्योगका टिपर सञ्चालनमा रोक लगाएका छन् ।
स्थानीयले सिमेन्ट उद्योगका चुनढुङ्गा बोक्ने टिपर चलाउन रोक लगाएपछि दर्जनौं ट्रिपर बाटोमै होल्ड भएका छन्। दाङका सगरमाथा सिमेन्ट र सोनापुर सिमेन्ट उद्योगका लागि चुन ढुङ्गा बोकेका टिपरहरू १८ घन्टादेखि बाटोमै छन्।
शनिबार साँझदेखि बाटोमै बस्नु परेकाले आफूहरू अलपत्र परेको टिपर चालक सहचालकहरूले बताएका छन्। उद्योग पक्षसँग वार्ता गरी समास्याको समाधान निकाल्न पनि उनीहरूले आग्रह गरेका छन्।