
ताप्लेजुङ । ताप्लेजुङको कञ्चनजङ्घा क्षेत्रमा एक गैर सरकारी संस्थामा कार्यरत कर्मचारीको लेक लागेर मृत्यु भएको छ।
गत चैत ८ गते सदरमुकाम फुङलिङबाट फिल्डमा गएका समृद्ध पहाड नामक गैरसरकारी संस्थामा कार्यरत जुम्लाको कनकासुन्दरी गाउँपालिका ५ का ३३ वर्षीय चन्द्रजङ हमालको फक्ताङलुङ गाउँपालिका ६ लोनामा मृत्यु भएको हो।
हमालको शव आइतबार हेलिकप्टरबाट ल्याइएको छ।