आगलागीमा तीन घर जलेर नष्ट, बस्तीमा आगो फैलिन नदिन दुई घर भत्काइयो

चैत्र १३, २०८२ |केदार शिवाकोटी
आगलागीमा तीन घर जलेर नष्ट, बस्तीमा आगो फैलिन नदिन दुई घर भत्काइयो

दोलखा(कास) । दोलखाको कालिञ्चोक गाउँपालिका-९ सुन्द्रावतीमा लागेकाे आगोले तीनवटा घर नष्ट भएका छन् । 

शुक्रबार दिउँसो लागेकाे आगाेले स्थानीय नन्दप्रसाद रेग्मी र मुकुन्द रेग्मीसहित अन्य स्थानीयको घर जलेर नष्ट भएको हो  । नन्दप्रसादको घरबाट सल्केको आगोले तीन घर जलेर नष्ट भएको दोलखाका प्रहरी नायव उपरिक्षक मनोजकुमार लामाले बताउनुभयाे । 

बस्तीमा आगो फैलिन नदिन स्थानीयको थप दुई घर भत्काएर आगो नियन्त्रण गरिएकाे छ । आगलागीबाट तीन घर पूण रूपमा जलेर नष्ट भएको उहाँले बताउनुभयाे । आगलागीबाट क्षतिको लागत संकलन भइरहेकाले थप विवरण आउन बाँकी छ । आगलागी कसरी भयो अनुसन्धान सुरू भएको उहाँले बताउनुभयाे ।


Image

केदार शिवाकोटी

शिवाकोटी कान्तिपुर टेलिभिजनका दोलखा संवाददाता हुन् ।