ओली र लेखकलाई पाँच दिन म्याद थप

चैत्र १५, २०८२ |कान्तिपुर टीभी संवाददाता
ओली र लेखकलाई पाँच दिन म्याद थप

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेस नेता रमेश लेखकलाई पाँच दिन थुनामा राख्ने जिल्ला अदालत काठमाडौंले अनुमति दिएको छ ।

न्यायाधीश आनन्दप्रसाद श्रेष्ठको इजलासले बयान बाँकी नै आधार दिँदै पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकलाई पाँच दिनका लागि थुनामा राख्ने अनुमति प्रदान गरिएको जिल्ला अदालतका सूचना अधिकारी दिपककुमार श्रेष्ठले जानकारी दिनुभयाे ।

भदौ २३ र २४ गतेको जेन-जी आन्दोलनमा भएको दमनमा जिम्मेवार ठहर गर्दै घटना जाँचबुझ आयोगले उनीहरूविरूद्ध मुद्दा चलाउन सिफारिस गरेको थियो । जाँचबुझ आयोगको प्रतिवेदनकै आधारमा वर्तमान सरकारले तत्कालीन प्रधानमन्त्री र तत्कालीन गृहमन्त्रीलाई शनिबार पक्राउ गरेको थियो ।

उनीहरूलाई आइतबार अदालत उपस्थित गराइएको थियो । लेखकलाई प्रहरीले काठमाडौं जिल्ला अदालत उपस्थित गराएको थियो भने अस्पतालमा रहेका ओलीलाई भर्चुअल रूपमा उपस्थित गराइएको थियो । नियन्त्रणमा लिएपछि ओलीलाई स्वास्थ्य जाँचको लागि त्रिवि शिक्षण अस्पताल लगिएकोमा चिकित्सकको सुझावअनुसार त्यहीँ भर्ना गरिएको छ भने लेखकलाई भने प्रहरीको दुई नम्बर गण महाराजगञ्जमा राखिएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.