पीएम कपमा त्रिभुवन आर्मीकाे अपराजित यात्रा कायम

चैत्र १५, २०८२ |खेल ब्युरो
पीएम कपमा त्रिभुवन आर्मीकाे अपराजित यात्रा कायम

काठमाडौं । फिनिसमा कुशल मल्लले विस्फोटक ब्याटिङ गरेपछि पीएम कपमा त्रिभुवन आर्मी क्लबले अपराजित यात्रा कायम राखेको छ । 

आइतबार सम्पन्न खेलमा आर्मीले बागमती प्रदेशलाई ३ विकेटले पराजित गर्यो । अन्तिम २ ओभरमा बागमतीले ३५ रन जोगाउन नसक्दा आर्मीले रोमाञ्चक जित हात पार्यो । जितसँगै आर्मीले शीर्ष स्थानमा २ अंकको अग्रता बनाएको छ ।

मुलपानिको माथिल्लो मैदानमा खराब आउट फिल्डिका कारण खेल २८-२८ ओभरमा घटाइएको थियो । आर्मीले टस जितेर फिल्डिङ रोजेपछि पहिला ब्याटिङ गरेको बागमतीले निर्धारित २८ ओभरमा ७ विकेट गुमाउँदै २ सय ८ रन बनाएको थियो ।

ओपनर शुभ कंसाकारलाई १५ रनमा गुमाएको बागमतीका लागि अर्का ओपनर आशुतोष घिरैयाले सबैभन्दा बढी ३८ रन बनाए । पवन थापाले ३५ रन, विवेक मगर ३० तथा प्रतिश जिसीले २८ रन बनाए । सोनु देवकोटा ३० र कप्तान सन्दीप लामिछाने २१ रनमा अविजित रहे । 

आर्मीका लागी नरेन साउदले ४ विकेट लिए । १ सय ९ रनको लक्ष्य सहित जवाफी ब्याटिङ गरेको आर्मीले १ बल बाँकी रहँदा ७ विकेट गुमाएर जित पूरा गर्यो । खराब सुरूवात गरेको आर्मीका कप्तान विनोद भण्डारी ९ रनमा बाहिरिए । अर्जुन साउदले १४ रन बनाए । 

मध्य क्रममा भिम सार्की, रासिद खान र पवन कार्कीको ब्याट चल्न सकेन । छौठौं विकेटका लागि कुशल मल्लले ओपनर तृतराज दाससँग ५४ रनको साझेदारी गरे । तृतले ५४ रनको अर्धशतकीय योगदान दिए । जारी प्रतियोगितामा उनको यो दोस्रो विकेट हो ।

अन्तिम २ ओभरमा आर्मीलाई जितका लागि ३५ रन आवश्यक थियो । कुशलले इनिङ्सको २७ औं तथा कप्तान सन्दीपको ओभरमा ३ छक्कसहित २२ रन जोडे । यससँगै आर्मीले खेलमा मुमेन्टम आफ्नो पक्षमा सिफ्ट गर्यो अन्तिम ओभरमा जितका लागि १३ रन आवस्यक हुँदा आर्मीले १ बल बाँकी रहँदै जित सुनिश्चित गर्यो । 

कुशलले ५८ बलमा ३ चौका र ८ छक्कासहित ९० रनको आक्रमक अविजित अर्धशतकीय इनिङ्स खेले । बागमतीका लागि इशान पाण्डे र विवेक मगरले २-२ विकेट लिए । जितसँगै आर्मी ४ खेलमा ७ अंक जोड्दै शीर्षस्थानमा पुग्दा बागमतीको समान खेलमा २ अंक छ । उ तालिकाको नवौं स्थानमा छ ।