
बाजुरा । बाजुरामा शुक्रबार दिउँसो मौसम बदलीसँगै असिना पानी आएको छ ।
असिना पानीले पाक्न लागेको गहुँ,जौ बाली, तरकारी र फलफूल खेतीमा क्षति पुर्याएको छ । करिब आधा घन्टा लगातार वर्षासँगै असिना आएपछि यहाँका कृषकले लगाएको अन्नबाली, तरकारी र फलफूल खेतीमा क्षति पुगेको कृषि ज्ञान केन्द्र बाजुराले जनाएको छ ।
असिना पानीले बडीमालिका, त्रिवेणी,बुढीगंगा नगरपालिका, खप्तड छेडेदह, गौमु गाउँपालिका लगायतका क्षेत्रका पाक्न लागेको गहुँ, जौ बाली तथा तरकारी र फलफूल खेतीमा क्षति पुर्याएको कृषि ज्ञान केन्द्र बाजुराका कार्यालय प्रमुख जसीराम सहानीले बताउनु भएको छ ।
असिना पानीले खेतमा लगाएको अन्नबाली र तरकारी खेतीमा पनि ठूलो क्षति पुगेको छ । यसैगरी कृषकले लगाएका विभिन्न फलफूल खेतीमा समेत क्षति पुर्याएको हुन सक्ने ज्ञान केन्द्र बाजुराका प्रमुख सहानीको भनाइ छ । असिना पानी आएर अन्नबाली, तरकारी र फलफूल खेतीमा क्षति गरेको भए पनि क्षतिको विवरण भने संकलनपछि मात्र क्षतिको यकिन तथ्य आउने उहाँले बताउनु भयो ।
कृषकहरूले लगाएको अन्नबाली, तरकारी र फलफूल खेतीमा क्षति पुगेपछि उनीहरू निराश भएका छन् । पाक्न लागेको बाली र तरकारी तथा फलफूल खेतीमा क्षति पुर्याएपछि लगानी खेर गएको कृषकहरूले गुनासो गरेका छन् ।