
धादिङ । पासाङलामु सडकअन्तर्गत रसुवाको कालिका गाउँपालिका वडा नं १ ग्राङजुङ डाँडा भिरमा कालिकास्थानबाट धुन्चेतर्फ जाँदै गरेको ना ६ ख ५४९८ नं को खाली डिब्बा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
दुर्घटना हुँदा एक घाइते भएका छन् । डिब्बा सडकबाट १५० मिटर तल खसेको प्रहरीले जनएको छ । दुर्घटनामा रसुवा कालिका गापा वडा नं. ०२ का २६ वर्षीय पेम्वा छेवाङ थोक्राको निधन भएको छ भने डिब्बा चालक कालिका गाउँपालिका १ राम्चे बस्ने वर्ष अं. ३९ को पासाङ तामाङ घाइते भएका छन् ।
उनलाई उपचारको लागि त्रिशूली अस्पताल नुवाकोट पठाइएको प्रहरीले जनाएको छ । दुर्घटनाबारे प्रहरिले अध्यन थालेको छ ।