
काठमाडौं । नेकपा (एमाले)का सचिव महेश बस्नेतलाई पक्राउ गर्न माग गर्दै प्रहरीलाई निवेदन बुझाइएको छ ।
एमाले सचिव बस्नेतविरूद्ध जबरजस्ती करणीको आरोप लगाउँदै उजुरी दिएको शोभा पाठकले आइतबार पक्राउको माग गर्दै प्रहरीसमक्ष पुग्नुभएको हो । बस्नेतविरूद्ध मुद्दा दर्ता भए पनि सरकारी वकिलको कार्यालयबाट पक्राउपूर्जी जारी नभएको दाबी पाठकको छ ।
यसैबीच आठ दिनदेखि अनसनमा बसेकी युवतीले एमाले मुगुका नेता तथा कर्णाली प्रदेश सदस्य कर्णबहादुर मल्ललाई कारबाही हुनुपर्ने माग गर्नुभएको छ । जबरजस्ती करणीको आरोप लागेका मल्ललाई प्रहरीले शनिबार पक्राउ गरिसकेको छ ।