
सिन्धुली । कामदार निकालेको विषयमा विवाद हुँदा सिन्धुलीको मरिण गाउँपालिका- ४ सहानमा पाँच चिनियाँसहित सात कामदार घाइते भएका छन् ।
राँगाको मासु चीन निर्यातका लागि निर्माणाधीन प्रशोसन उद्योगमा कामदार र सवारी चालक निकालेको विषयमा नेपाली र चिनियाँ कामदारबीच विवादसँगै झडप भएको थियो । झडपमा मरिण गाउँपालिका-६ का हलुका सवारी चालक नवराज बम्जन र उदयपुरका गोकर्ण कटुवाल घाइते भएका छन् ।
यस्तै पाँच चिनियाँ कामदार पनि सामान्य घाइते भएको प्रहरीले जनाएको छ । घाइते बम्जनलाई कामबाट निकालेको विवादमा सामान्य झडप भएको प्रहरीले जनाएको छ । घाइते ६ जनाको स्थानीय स्वास्थ्य केन्द्रमा र एक जनाको सिन्धुली अस्पतालमा उपचार भइरहेको छ ।