
कञ्चनपुर । कञ्चनपुरको बेलौरी नगरपालिका न्यायिक समिति समुदायस्तरमा हुने मेलमिलाप र विवाद समाधान प्रक्रियालाई कानुनी दायराभित्र व्यवस्थित बनाउने लक्ष्य राखेको छ ।
त्यसका लागि थारू समुदायका भलमन्साहरूसँग दुई दिवसीय न्यायिक अन्तरक्रिया सञ्चालन गरिएको छ । प्रथाजनित भलमन्सालाई कानुनको थप जानकारी गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको नगर उपप्रमुख तथा न्यायिक समितिका संयोजक जोगराम चौधरीले जानकारी दिनुभयो ।
सहभागी भलमन्साहरूले परम्परागत न्याय प्रणालीलाई आधुनिक कानुनीसँग जोड्ने अवसर मिलेको बताएका छन् ।