आफैंले चलाएको ट्रयाक्टरले च्यापिएर चालकको मृत्यु

फाल्गुन ८, २०८२ |आश गुरुङ
आफैंले चलाएको ट्रयाक्टरले च्यापिएर चालकको मृत्यु

लमजुङ । लमजुङको दोर्दी गाउँपालिका-१, भारते ढिन गाउँमा आफैंले चलाएको ट्रयाक्टरले च्यापिएर शुक्रबार चालकको घटनास्थलमै मृत्यु भएको छ ।

मृत्यु हुनेमा नुवाकोट जिल्ला घर भई हाल सुन्दरबजार नगरपालिका-६, सित्तलचौतारी बस्ने अन्दाजी ४२ वर्षीय शेरबहादुर तामाङ रहेको प्रहरीले जनाएको छ । सोहि ठाउँमा लोड गरिएको ढुङ्गा ओसार-पसार गर्ने क्रममा ग १ त ४३९४ नं. को ट्रयाक्टर शुक्रबार बिहान पौन ११ बजेतिर अचानक सडकमा पल्टिन पुगेको हो । 

सोहि क्रममा अगाडिको इञ्जिनसहितको भागमाथि उठेर झर्दा चालक बसेको सिटसमेत च्यापिएर उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।


Image

आश गुरुङ

गुरुङ कान्तिपुर टेलिभिजनका लमजुङ संवाददाता हुन् ।