
धनकुटा । धनकुटा प्रहरीले लागूऔषध ओसारपसार तथा बिक्रीमा प्रयोग भएका सानाठूला १५ वटाभन्दा धेरै सवारीसाधन नियन्त्रणमा लिएको छ ।
लागूऔषध ओसारपसारमा भारतीय नम्बर प्लेटका कारदेखि एम्बुलेन्ससमेत प्रयोग भएको पाइएको छ । धनकुटा प्रहरीले लागूऔषध ब्राउनसुगर र गाँजा ओसारपसारमा संलग्न कारोबारीसँगै उनीहरूले प्रयोग गरेका सवारीसाधन नियन्त्रणमा लिएको हो ।
चारवटा कार, चारवटा पिकअप, दुईवटा जीप, भन्सार छुटमा ल्याएइका आकस्मिक सेवाका दुईवटा एम्बुलेन्स तथा दुईवटा ट्रक र मिनिट्रक प्रहरीले नियन्त्रणमा लिएको हो । यी सवारी साधन विगत चार आर्थिक वर्षका विभिन्न समयमा पक्राउ परेका कारोबारीसँगै जफत गरिएको धनकुटाका प्रहरी उपरीक्षक शरतकुमार थापा क्षेत्रीले जानकारी दिनुभयो ।