रौतहटमा एक महिलाको हत्या

फाल्गुन ४, २०८२ |राजेश्वर पाण्डे
रौतहटमा एक महिलाको हत्या

रौतहट । रौतहटको फतुवा विजयपुर नगरपालिका ६ मा महिलाको घाँटी रेटी हत्या भएको अवस्थामा शव बरामद भएको छ । 

फतुवा विजयपुर नगरपालिका वडा नम्बर ६ पेटभर्वाका २८ वर्षीया आरती देवीको आइतबार बिहान आफ्नै घरको खाटमा घाँटी रेटी हत्या गरेको अवस्थामा शव फेला पारेको हो । प्रहरीका अनुसार आरतीको घाँटीमा धारिलो हतियार प्रयोग गरी हत्या गरिएको छ । 

घटनास्थलमा खाटमुनी अत्याधिक मात्रामा रगत रहनुको साथै खाटमा शव उत्तानो परेको अवस्थामा रहेको प्रहरीले जनाएको छ। घटनालगत्तै मृतकका श्रीमान् महन्थ राय यादव फरार रहेका प्रहरीको भनाइ छ । मृतक आरतीको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल गौरमा राखिएको छ । 

फरार रहेका मृतककी श्रीमान् महन्थ राय यादवको खोजीका लागि प्रहरीले जिल्लाभरि निगरानी बढाउनुका साथै आवश्यक अनुसन्धान जारी राखेकाे प्रहरी नायब उपरीक्षक विष्णुप्रदीप बस्यालले बताउनु भयो ।


Image

राजेश्वर पाण्डे

पाण्डे कान्तिपुर टेलिभिजन रौतहट संवाददाता हुन् ।