शैक्षिक प्रदर्शनीबाट विद्यार्थी, अनुसन्धानकर्ता तथा सर्वसाधरण लाभान्वित

फाल्गुन १, २०८२ |कान्तिपुर टीभी संवाददाता
शैक्षिक प्रदर्शनीबाट विद्यार्थी, अनुसन्धानकर्ता तथा सर्वसाधरण लाभान्वित

तेह्रथुम । तेह्रथुमको लालीगुराँस नगरपालिका २ बसन्तपुरमा रहेको वसन्त माविले आयोजना गरेको शैक्षिक प्रदर्शनीबाट विद्यार्थी, अनुसन्धानकर्ता तथा सर्वसाधरण लाभान्वित भएका छन् । 

५०औं वार्षिकत्सवको अवसर पारेर विद्यालयले गत माघ २७ गतेबाट आयोजना गरेको प्रदर्शनीमा तेह्रथुमसहित धनकुटा र संखुवासभाका विभिन्न विद्यालयका विद्यार्थी, अभिभावक र सर्वसाधरणको बाक्लो उपस्थिति रहेको छ । 

 विद्यार्थीहरूले विषयगत विधाका सिर्जनाहरू तयार पारी प्रदर्शनीमा राखेका छन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.