
सल्यान । सल्यानको दुई पालिकाका किसानहरूलाई हाते ट्रयाक्टर मर्मतसम्बन्धी तालिम दिइएको छ ।
उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय सल्यान र पालिकाको साझेदारीमा जिल्लाको दार्मा र छत्रेश्वरी गाउँपालिकाका २१ जना किसानहरूलाई तालिम दिइएको हो । विशेष गरी ग्रामीण बस्तीहरूमा प्रयोगमा रहेका मिनि टिलरहरू स्थानीय तहमै मर्मत सम्भार हुन थालेपछि किसानहरूले सहज रूपमा सेवा पाउने अपेक्षा गरिएको छ ।