कञ्चनपुरमा निर्वाचन आचारसंहिता कार्यान्वयनसम्बन्धी सर्वपक्षीय अन्तरक्रिया

माघ १८, २०८२ |कान्तिपुर टीभी संवाददाता
कञ्चनपुरमा निर्वाचन आचारसंहिता कार्यान्वयनसम्बन्धी सर्वपक्षीय अन्तरक्रिया

कञ्चनपुर । कञ्चनपुरमा निर्वाचन आचारसंहिता कार्यान्वयनसम्बन्धी उम्मेदवार, राजनीतिक दलका प्रतिनिधि तथा पत्रकारहरूसँग अन्तरक्रिया कार्यक्रम गरिएको छ । 

आइतबार आयोजित कार्यक्रममा जिल्ला निर्वाचन अधिकारी हरिश्चन्द्र जोशीले जिल्लाभरको निर्वाचनसम्बन्धी तथ्यांक र निर्वाचन आचारसंहिताबारे जानकारी गराउनुभयो । कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी मोहनचन्द्र जोशी तथा प्रमुख कोष नियन्त्रक कृष्ण धामीले आचारसंहितासम्बन्धी विषयमा थप प्रस्तुतीकरण गर्नुभयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.