रौतहटमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु

माघ ९, २०८२ |राजेश्वर पाण्डे
रौतहटमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु

रौतहट । रौतहटको राजदेवी नगरपालिकामा दुईवटा मोटरसाइकल एकापसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ।

जिल्लाको गौर-पिपरा सडकखण्ड अन्तर्गत पर्ने राजदेवी नगरपालिका-१ स्कुल नजिक दुईवटा मोटरसाइकल एक आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको हो । शुक्रबार बिहान बीआर ३० ए एफ २३७० नम्बरको मोटरसाइकल चालक दुर्गाभगवती गाउँपालिका-२ का अशोक महतो र प्र ०२–०३–०१८ प २३४६ नम्बरको मोटरसाइकल चालक राजदेवी नगरपालिका-२ का अरविन्द महतोको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । 

महतोको घटनास्थलमै मृत्यु भयो भने गम्भीर घाइते अशोकको प्रादेशिक अस्पताल गौरमा उपचारको क्रममा मृत्यु भएको प्रहरी नायब उपरीक्षक विष्णु प्रदिप बस्यालले बताउनु भयो। प्रहरी निरीक्षक विश्वनाथ यादवको कमान्डमा ट्राफिक प्रहरीसहितको टोली घटनास्थलमा पुगेर आवश्यक अनुसन्धान भइरहेको र शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल गौरमा राखिएको छ।


Image

राजेश्वर पाण्डे

पाण्डे कान्तिपुर टेलिभिजन रौतहट संवाददाता हुन् ।