
सुनसरी । सुनसरीको भोक्राहनरसिंह गाउँपालिका–स्थित फुलचोकमा आज बिहान भएको ट्रक दुर्घटनामा मृत्यु भएका पाँचै जनाको पहिचान खुलेको छ ।
विराटनगरबाट मार्बल बोकेर हुलाकी राजमार्ग हुँदै सुनसरीतर्फ जाँदै गरेको १ ख ४५४१ नम्बरको ट्रक अनियन्त्रित भई सडकमा पल्टिएर दुर्घटना भएको हो। ट्रक पल्टिँदा लोड गरिएको मार्बलमाथि बसेका ५ जना कामदार मार्बलले किचिएर घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीका डिएसपी चन्द्र खड्काले जानकारी दिनुभयो।
उहाँका अनुसार दुर्घटनामा ज्यान गुमाउनेहरू सबै सुनसरीको बर्जु गाउँपालिका वडानम्बर १ का बासिन्दा हुन् । सबै गुरुङ हुन् । ट्रकमा सवार ३२ वर्षीय धीरेन्द्र गुरुङ, ५५ वर्षीय बर्मदेव गुरुङ, ५० वर्षीय टंक गुरुङ, २८ वर्षीय निसु गुरुङ र ५५ वर्षीय चन्द्र गुरुङको मृत्यु भएको हो ।