
पाल्पा । जिल्लाको रैनादेवी छहरा गाउँपाकिला-२ सोमादी सर्देवाका बासिन्दाले गाउँमा रहेको सीजी सिमेन्ट उद्योगबाट निस्कने धुलोधूँवाबाट पीडित भएपछि प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएका छन् ।
कम्पनी स्थापना हुँदा मापदण्डअनुसार चल्ने, आधुनिक मेसिन राख्ने, धुलोधूँवा नउड्ने, स्थानीयलाई कुनै असर नगर्ने आश्वासन दिइए पनि अहिले समस्या परेकाले समाधानका लागि प्रमुख जिल्ला अधिकारीसमक्ष ज्ञापनपत्र बुझाउन आएको सीजी पीडित संघर्ष समितिका अध्यक्ष पदमपानी पोखरेलले बताउनुभयो ।