बागलुङको ऐतिहासिक महत्व बोकेको चैत्राष्टमी मेला यसवर्ष पनि हुने

फाल्गुन १७, २०८२ |कान्तिपुर टीभी संवाददाता
बागलुङको ऐतिहासिक महत्व बोकेको चैत्राष्टमी मेला यसवर्ष पनि हुने

बागलुङ । जिल्लाको ऐतिहासिक महत्व बोकेको चैत्राष्टमी मेला यसवर्ष पनि हुने भएको छ । 

चैतेदशैंको अवसरमा कालीका भगवती गुठी व्यवस्थापन समितिले आगामी चैत्र १० देखि १४ गतेसम्म मेला सञ्चालन गर्न लागेको पत्रकार सम्मेलन गरी जानकारी दिएको हो ।

सयौँ वर्ष पुरनाे मेलामा विशेष गरी स्थानीय स्तरमा उत्पादीत ठेका, डाला र नाङलाका सामग्री खरिद बिक्री हुने गर्दछ । कालीका भवगती मन्दिर परिषदमा हुने मेलामा दर्शन गर्न भक्तजनहरू देशका विभिन्न स्थानबाट आउने गर्दछन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.