नकावधारी समूहद्वारा एसबीआई बैंक लुटियो

तीन करोडभन्दा बढी रकम लुटिएको आशंका
पुस ३०, २०८२ |कान्तिपुर टीभी संवाददाता
नकावधारी समूहद्वारा एसबीआई बैंक लुटियो

सिन्धुली । सिन्धुलीको घ्याङलेख गाउँपालिका-२ हायूटारमा रहेको एसबीआइ बैंक शाखा कार्यालय सशस्त्र समुहले गएराति लुटपाट गरेको छ । 

अन्दाजी ९-१० जना नकावधारी लुटेरा समुहले बैंकका गार्ड र कर्मचारीलाई नियन्त्रणमा लिएर लुटपाट गरी फरार भएको प्रहरीले जनाएको छ । प्रहरी प्रमुख एसपी लालध्वज सुवेदीका अनुसार गार्ड रूद्रबहादुर कार्की तथा कर्मचारीहरूलाई नियन्त्रणमा लिएर बैंक फोडेर नगद लुटेर लगेका छन् ।

गाउँपालिका अध्यक्ष जगत भोलनका अनुसार बैंकका गार्ड कार्कीलाई खुकुरी प्रहार गरट्ठ घाइते बनाइ बाँधेर बैंक लुटपाट भएको थियो । लुटेराले के कति रकम लुटपाट गरे भन्ने एकिन विवरण आइनसकेको प्रहरीले जनाएको छ । ईलाका प्रहरी कार्यालय वस्तीपुर र स्थानीयहरू समेतले खोज तलास गर्दा एक बोरा पैसा नजिकैको जंगलमा फेला परेको थियो । 

बैंक स्रोतका अनुसार लुटेराले तीन करोड ११ लाख लुटेका थिए । प्रहरीले लुटेराहरूले रिजर्भमा लिएर आएको सुमो गाडी र चालकलाई नियन्त्रणमा लिएको छ । प्रहरी प्रमुख सुवेदीका अनुसार प्रहरी परिचालन गरी लुटेराको खोजबिन भैरहेको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.