मानव अधिकारका लागि महिला संस्थाको झापामा नयाँ नेतृत्व

मीरा कार्की खड्का अध्यक्ष चयन
पुस २८, २०८२ |कान्तिपुर टीभी संवाददाता
मानव अधिकारका लागि महिला संस्थाको झापामा नयाँ नेतृत्व

झापा । एकल महिलालाई संरक्षण र अभिभावकत्व प्रदान गर्दै आएको मानव अधिकारका लागि महिला नामक संस्थाले स्थापनाको आठ वर्षपछि झापामा नयाँ नेतृत्व चुनेको छ ।

सोमबार भद्रपुरमा सम्पन्न समूहको आठौं साधारण सभाले मीरा कार्की खड्काको अध्यक्षतामा नयाँ समिति चयन गरेको हो । परिवार र समाजबाट हेपिएका एकल महिलालाई संरक्षण दिन खुलेको सो संस्थाको नेतृत्व यसअघि रेखा अधिकारीले गर्दै आउनुभएको थियो । 

संस्थाले भद्रपुरमा सेफहाउससँगै एकल महिलालाई आर्थिक रूपमा सघाउन सहकारी संस्थासमेत सञ्चालन गर्दै आएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.