बैतडीमा जिप दुर्घटना : मृतकको सङ्ख्या चार पुग्यो

पुस २८, २०८२ |रासस
बैतडीमा जिप दुर्घटना : मृतकको सङ्ख्या चार पुग्यो

बैतडी । जयपृथ्वी राजमार्गअन्तर्गत बैतडीको पाटन नगरपालिका-८ साँडीघाँटीमा जिप दुर्घटना हुँदा मृत्यु हुनेको सङ्ख्या चार पुगेको छ ।

डडेल्धुरा अस्पतालमा उपचारको क्रममा घाइते सिगास गाउँपालिका-१ स्थित २७ वर्षीय बसन्ती ऐरको मृत्यु भएसँगै मृतकको सङ्ख्या चार पुगेको बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक सुरजसिंहले जानकारी दिनुभयो । मोतिनगरबाट डडेल्धुरा जाँदै गरेको म १ ज २२४ नम्बरको बोलेरो जिप साेमबार बिहान ११ बजे अनियन्त्रित भएर सडकबाट ३०० मिटर तल खसेको थियो ।

दुर्घटनामा परेर सिगास-१ का २४ वर्षीय निशान्त बोहरा, सोही ठाउँका २९ वर्षीय भानदेव भट्ट र डडेल्धुराको आलिताल गाउँपालिका-३ का १३ वर्षीय राकेश रावलको घटनास्थलमै मृत्यु भएको थियो । उक्त दुर्घटनामा परेर बैतडीको सिगास-१ बस्ने वर्ष १९ की बिमला ऐर, सोही ठाउँकी चार वर्षीया प्रन्सा ऐर, दुधिलाखान बस्ने वर्ष २८ का गणेश विष्ट (चालक), बैतडी पाटन नगरपालिका-८ बस्ने वर्ष २५ की कमला विष्ट, सिगास गाउँपालिका-१ बस्ने वर्ष २५ कि लालमणि बोहरा र डडेल्धुरा आलिताल गाउँपालिका-३ बस्ने वर्ष ३२ को वीरेन्द्र बोहरा घाइते रहेका छन् । 

घाइतेको डडेल्धुरा अस्पताल उपचार भइरहेको छ ।