रहेनन् गायक प्रशान्त तामाङ

पुस २७, २०८२ |कान्तिपुर टीभी संवाददाता
रहेनन् गायक प्रशान्त तामाङ

काठमाडौं । इन्डियन आइडल सिजन-३ का विजेता गायक प्रशान्त तामाङको ४२ वर्षको उमेरमा निधन भएको छ। 

ह्रदयघात भएपछि नयाँ दिल्लीको द्वारकास्थित अस्पताल पुर्‍याइएका तामाङलाई चिकित्सकले मृत घोषणा गरेका हुन्। फिल्मकर्मी राजेश घतानीले परिवार र नजिकका आफन्तबाट प्राप्त जानकारीका आधारमा निधनको पुष्टि गरेका छन्। गायक प्रमोद खरेलले पनि सामाजिक सञ्जालमार्फत तामाङको मृत्युको खबर सार्वजनिक गरेका छन्।

भारतीय सञ्चारमाध्यमका अनुसार अरूणाचल प्रदेशमा कार्यक्रम सकेर राजधानी फर्किएलगत्तै उनको निधन भएको हो। निधनअघि उनलाई कुनै गम्भीर स्वास्थ्य समस्या देखिएको थिएन। ४ जनवरी १९८३ मा पश्चिम बंगालको दार्जिलिङमा जन्मिएका तामाङले साधारण पृष्ठभूमिबाट राष्ट्रिय ख्याति कमाएका थिए। 

कोलकाता प्रहरीमा कन्स्टेबलका रूपमा सेवा गर्दै प्रहरी ब्यान्डमा गीत गाउने तामाङले सन् २००७ मा इन्डियन आइडल जित्दै व्यापक लोकप्रियता हासिल गरेका थिए।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.