
भक्तपुर । भक्तपुरको लोकन्थलीमा मंगलबार बिहान भएको सवारी दुर्घटनामा एकजनाको मृत्यु भएको छ।
घटनामा मृतकका श्रीमान दार्चुला घर भई हाल कीर्तिपुर बस्ने ३४ वर्षीय करणसिंह बडाल गम्भीर घाइते भएका छन् । काठमाडौंबाट भक्तपुरतर्फ आउँदै गरेको बा २३ प ९२३४ नम्बरको मोटरसाइकललाई सोहि दिशाबाट आउँदै गरेको ना ७ ख ९२६६ नम्बरको ट्याङ्करले ठक्कर दिँदा मोटरसाइकल पछाडी सवार ३२ वर्षीया स्वस्तिका ऐर बडालको मृत्यु भएको हो ।
मोटरसाइकल चालक भने भक्तपुर इन्टरनेसनल अस्पतालमा उपचार भइरहेको महानगरीय प्रहरी वृत्त थिमीका डीएसपी नमराज ढुङ्गानाले जानकारी दिनुभएको छ। प्रहरीले दुबै सवारी साधन र ट्याङकर चालक बारा जितपुर सिमरा उपमहानगरपालिका-२१ अम्लेखगंज बस्ने २५ वर्षीय प्रशान्त बललाई नियन्त्रणमा लिएर प्रहरी बृत्त थिमिमा राखिएको प्रहरीले जानकारी दिएको छ ।