‘ए’ डिभिजन हैसियत कायम गर्न माग गर्दै थ्री स्टार एन्फा पुग्याे

फाल्गुन २७, २०८२ |खेल ब्युरो
‘ए’ डिभिजन हैसियत कायम गर्न माग गर्दै थ्री स्टार एन्फा पुग्याे

काठमाडौं । आगामी चौत ३० गतेबाट सुरु हुने सहिद स्मारक 'ए' डिभिजन लिगमा सहभागिता सुनिश्चित हुनु पर्ने र शीर्ष डिभिजन लिगको हौशीयतमा एन्फा निर्वाचनमा मताधिकारको माग गर्दै थ्री स्टार क्लब अखिल नेपाल फुटबल संघ-एन्फाको प्रधान कार्यालय पुगेको छ ।

क्बलका प्रतिनिधिहरुले बुधबार एन्फा महासचिव किरणलाईलाई आफ्ना मागसहितको ज्ञापन पत्र बुझाएका हुन् । दुई साताअघि पाटन उच्च अदालतका न्यायाधीश श्रीधराकुमारी पुडासैनी र कृष्ण मुरारी शिवाकोटीको संयुक्त इजालसले थ्री स्टार क्लबकको 'ए' डिभिजन हैसियत यथावत् रहेको फैसला सुनाएको थियो । यही फैसला एन्फाले कार्यान्वयन गर्नुपर्ने भाग उनीहरुको छ ।

नेपाल एपीएफ क्लबका कारण एन्फा दवावमा पर्दा थ्री स्टारलाई अन्याय भएको क्लबका उपाध्यक्ष जयकृष्ण श्रेष्ठले बताए । फागुन १३ गते उच्च अदालत पाटनले एन्फा अपिल कमिटीले २०८२ असार ११ गते 'बी' डिभिजनमा घटुवा गरेपछि थ्री स्टार उच्च अदालत पाटन पुगेको थियो। 

थ्री स्टारले गत १८ असारमा कमिटीको निर्णय अन्यायपूर्ण रहेको भन्दै राष्ट्रिय खेलकुद परिषद् युवा तथा खेलकुद मन्त्रालय, एन्फा, एन्फा अध्यक्ष पंकजविक्रम नेम्वाङ, महासचिव किरण राई, सहमहासचिव दामोदर भट्टराई बद्रि, एन्फा अनुशासन समिति, पुनरावेदन समिति र एपिएफ क्लबलाई विपक्षी बनाएर मुद्दा दर्ता गरेको थियो। उच्च अदालत पाटनले उक्त मुद्दामा थ्री स्टारको पक्षमा फैसना सुनाएको थियो ।