रेमिट्यान्स उकालो, महँगी भने घट्दो प्रवृत्तिमा

फाल्गुन २७, २०८२ |कान्तिपुर टीभी संवाददाता
रेमिट्यान्स उकालो, महँगी भने घट्दो प्रवृत्तिमा

काठमाडौं । चालु आर्थिक वर्षको ७ महिनामा गत वर्षको तुलनामा रेमिट्यान्स भित्रने क्रम बढेको छ । 

अघिल्लो वर्षको माघ महिनासम्म रेमिट्यान्स ७ दशमलब ५ प्रतिशतले बढेकोमा यस वर्षको सोही अवधिमा ३९ दशमलब ८ प्रतिशतले वृद्धि भई १२ खर्ब ६१ अर्ब १ करोड रेमिट्यान्स भित्रिएको हो । निरन्तर बढेको रेमिट्यान्सका कारण २०८२ असार मसान्तमा २६ खर्ब ७७ अर्ब ६८ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति माघसम्म २३ दशमलव ३ प्रतिशतले वृद्धि भई ३३ खर्ब २ अर्ब ६६ करोड पुगेको छ । 

यस्तो सञ्चितीले १८ महिनाको वस्तु तथा सेवा आयात धान्ने राष्ट्र बैंकले जनाएको छ । २०८२ माघ मसान्तसम्म ३ खर्ब ७३ अर्ब ७३ करोड रुपैयाा सरकारको ढुकुटीमा रहेको छ । बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप ६ प्रतिशत अर्थात् ४ खर्ब ३३ अर्बले बढ्दा कर्जा भने ४ प्रतिशतले मात्रै बढेको छ । अर्थात् कर्जा यो अवधिमा जम्मा २ खर्ब २१ अर्बमात्रै गएको छ । 

माघ महिनामा महंगी ३ दशमलव दुई पाँच प्रतिशतले बढेको छ । जबकि गत वर्ष यस्तो महंगी ४ दशमलब एक-छ प्रतिशत रहेको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.