.png&w=1000&height=550)
काठमाडौं । राष्ट्रिय लिगकै अर्को खेलमा जावलाखेलमा युथ क्लब र सातदोबाटो युथ क्लबले पनि बराबरी खेल्दै अंक बाँडेका छन् ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समै बुधबार सम्पन्न दोस्रो खेलमा दुवै टिमले १-१ गोलको बराबरी खेलेका हुन् । १७ औं मिनेटमा सातदोबाटोका जगजित श्रेष्ठको प्रहार जावलाखेलका गोलकिपर युनेश चौधरीले रोके । २२ औं मिनेटमा निकोलस ओडाने हृयामिल्टनको पासमा बौबाकार सिसोखोले गोल गर्दै जावलाखेललाई सुरुवाती अग्रता दिलाए ।
खेलको दोस्रो हाफको इन्जुरी समयमा जगजित श्रेष्ठले गोल गरेपछि सातदोबाटो खेल बराबरी गर्न सफल भयो । जारी लिगमा जावलाखेलको यो पहिलो बराबरी हो । उसले ९ खेलमा १० अंक जोडेको छ । चौथो पटक बराबरीमा चित्त बुझाएको सातदोबाटोको १० खेलबाट ७ अंक छ ।