
धनकुटा । धनकुटाको सिंधुवा-जीतपुर सडक कालोपत्रेका लागि स्थानीयबीच सहमति जुटेको छ ।
छथरजोरपाटी गाउँपालिकाको सिंधुबा बजारबाट माङमाया, आहाले, महालक्ष्मी नगरपालिकाको केन्द्र जीतपुर हुँदै लेगुवाघाट जोड्ने उक्त सडकमा कतापट्टिबाट काम सुरू गर्ने भन्ने अन्याेल थियो । २०५७ सालमा कृषि सडकका नाममा खोलिएको ट्रयाक २०६३ पछि जीतपुर जोडिएको हो ।
सिंधुवाबजार, माङमाया, आहाले, देउराली, जीतपुर १२ किलोमिटर सडक कालोपत्रे गर्न २० करोड रूपैयाँ स्रोत सुनिश्चित भएको छ । यसमध्ये चालू आर्थिक वर्षमा २ करोड रूपैयाँको लागतमा ४ किलोमिटर सडक कालोपत्रे गर्ने योजना छ ।