
संखुवासभा । संखुवासभाको खाँदबारी नगरपालिका-४ स्थित पर्यटकीय गाउँ सेकाहामा शुक्रबारदेखि पाँच दिने महोत्सव सुरू भएको छ।
सेकाहा सामुदायिक विकास क्लबको आयोजनामा सुरू महोत्सवमा बृहत सांगीतिक कार्यक्रम, सेकाहा गाउँ तथा पर्यटकीय क्षेत्रको अवलोकन, पर्यटन प्रवर्द्धन तथा होमस्टे निरीक्षण, विभिन्न जातजातिको सांस्कृतिक झाँकी प्रदर्शन, कृषि तथा घरेलु उत्पादनको प्रदर्शनी गरिएको छ। सेकाहामा गुरूङ जातिको बाक्लो बस्ती छ।