अंग्रेजी नयाँ वर्षको अवसरमा पोखरामा हुने सडक महोत्सवको तयारी पूरा

पुस ११, २०८२ |कान्तिपुर टीभी संवाददाता
अंग्रेजी नयाँ वर्षको अवसरमा पोखरामा हुने सडक महोत्सवको तयारी पूरा

पोखरा । अंग्रेजी नयाँ वर्षको अवसरमा पर्यटनको राजधानी पोखरामा हुने सडक महोत्सवको तयारी पूरा भएको छ । 

रेस्टुरेन्ट एन्ड बार एसोशिएसन-रेवान पोखराको आयोजनामा यही पुस १३ देखि १७ गतेसम्म फेवाताल किनारमा हुने २७औँ संस्करणको सडक महोत्सवको सम्पूर्ण तयारी पूरा भएको शुक्रबार पोखरामा पत्रकार सम्मेलन गरी जानकारी दिइएको छ । ‘सडकमै खाऊँ, सडकमै नाचौं, सडकमै रमाऊँ’ भन्ने नारासहित लेकसाइडको फिस्टेल गेटदेखि खहरे-चोकसम्म करिब तीन किलोमिटर सडकमा हुने महोत्सवको आइतबार उद्घाटन गरिने छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.